Logo
८ जेष्ठ २०८१, मंगलबार
(June 25, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रामचन्द्र पौडेलले बोलाए महाधिवेशनबारे छलफल गर्न आफूनिकट केन्द्रीय सदस्यको बैठक

महाधिवेशनबारे छलफल गर्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट केन्द्रीय सदस्यको बैठक बोलाएका छन् ।

नेता पौडेलले महाधिवेशनबारे छलफल गर्न शुक्रबार दिउँसो बैठक बोलाएको कांग्रेस केन्द्रीय सदस्य एक नेताले जानकारी दिएका छन् ।

कांग्रेसको महाधिवेशन नजिकिएसँगै नेतृत्वका लागि दौडधुप सुरु भएको छ । संस्थापन इतर समूहमा नेतृत्वका लागि आकांक्षीको संख्या धेरै छ । १४औं महाधिवेशनमा फेरि सभापतिमा उम्मेदवारी दिने पौडेलको आकांक्षा छ।

नेता पौडेलले सामूहिक छलफल गरेर अगाडि बढ्ने बताएका छन् । पौडेलले यसअघि बिहीबारका लागि बैठक बोलाएका थिए तर विपक्षी गठबन्धनका शीर्ष नेताहरुले पत्रकारसँग अन्तर्क्रिया कार्यक्रम गर्ने समयसँग जुधेपछि स्थगित भएको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले नेतृत्वमा दोहोरिन तयारी तीव्र पारेका छन् । उनले पहिलो चरणमा आफूनिकट केन्द्रीय सदस्यसँगको छलफल सकेको छन् ।

त्यस्तै उपसभापति विमलेन्द्र निधिले पनि सभापतिमा दाबी गरेका छन् । उनले सभापतिका आकांक्षीसँगको भेटघाट बढाएका छन् भने युवा नेताहरुसँग छलफल गरेका छन् ।

काँग्रेस महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने गरी कार्यतालिका अनुमोदन गरेको छ । अहिले क्रियाशील सदस्यता छुट्याउने काम भइरहेको छ ।

प्रकाशित मिति: Jun 25, 2021

प्रतिक्रिया दिनुहोस्