Logo
८ जेष्ठ २०८१, मंगलबार
(June 25, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमालेमा प्रवेश गरेका माओवादीका १४ जनप्रतिनिधिको पद रिक्त

माओवादी बाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जनप्रतिनिधिहरुको भएको छ । निर्वाचन आयोगले शुक्रबार सूचना जारी गर्दै १४ जनप्रतिनिधिको पद रिक्त भएको जानकारी दिएको हो ।

निर्वाचन आयोगले नेकपा माओवादी बाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जनप्रतिनिधिहरुको पदमुक्त गरेको गरेको छ ।

निर्वाचन आयोगले शुक्रबार सूचना जारी गर्दै १४ जनप्रतिनिधिको पद रिक्त भएको जानकारी दिएको हो ।पद रिक्त भएकाहरुमा रौतहटका ७ जनप्रतिनिधि छन् । कैलालीका ४ जना तथा सिरहा, ओखलढुंगा र महोत्तरीका एक-एक जना छन् ।

७ असारमा बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले उनीहरुलाई पार्टीबाट निष्कासन गरेको औपचारिक निर्णय गरी त्यसको जानकारी निर्वाचन आयोगलाई गराएको थियो ।

प्रकाशित मिति: Jun 25, 2021

प्रतिक्रिया दिनुहोस्