Logo
८ जेष्ठ २०८१, मंगलबार
(June 24, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रौतहटको मौलापुर नगरसभामा विपक्षी समूह र प्रहरीबीच झडप, चार जना घाइते

प्रदेश नं २ स्थित रौतहटको मौलापुर नगरपालिकाको नगर सभामा विपक्षी समूह र प्रहरीबीच झडप भएको छ ।झडपका क्रममा दुई प्रहरीसहित चार जना घाइते भएको प्रहरीले जनाएको छ ।

विपक्षी समूहले बिहीबार नगरसभालाई बिथोल्न ढुंगामुढा गर्न थालेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन दुई दर्जन सेल अश्रुग्यास समेत प्रहार गरेको छ ।

नेकपा एमालेका नेता प्रभु साह मौलापुरको नगरसभामा प्रमुख अतिथि रुपमा रहेका थिए ।  पूर्वमन्त्रीसमेत रहेका साह नेकपा माओवादी केन्द्र छाडेर केही समयअघि मात्रै एमाले प्रवेश गरेका हुन् ।

 

 

 

प्रकाशित मिति: Jun 24, 2021

प्रतिक्रिया दिनुहोस्