Logo
६ चैत्र २०८०, मंगलबार
(June 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज देशभर थप २ हजार ४२१ जनामा कोरोना पुष्टि, ३५५८ संक्रमणमुक्त

नेपालमा आज थप २ हजार ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १२ हजार चार सय १४ जनामा कोरोना परीक्षण भएकोमा २ हजार ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा कोरोना संक्रमणबाट थप ५२ जना र छुटेको २९ जना गरी कूल ८१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । त्यस्तै आज थप ३ हजार पाँच सय ५८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

काठमाडौं उपत्यकाका भक्तपुरमा ५७, ललितपुरमा ९४ र काठमाडौंमा ३ सय ४६ गरी कूल ४ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: Jun 23, 2021

प्रतिक्रिया दिनुहोस्