Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हलिउड अभिनेत्री जोआन लिनविलको निधन

हलिउड अभिनेत्री जोआन लिनविलको निधन भएको छ ।  लिनभिलले ‘स्टार ट्रेक’मा रोमुलनको भूमिका निर्वाह गर्ने पहिलो अभिनेत्री थिइन् ।

अभिनेत्रीको ९३ वर्षमा निधन भएको हो ।अभिनेत्रीको निधनमा अभिनेता तथा लेखक मार्क ए। अल्टम्यानले ट्वीट मार्फत दुःख व्यक्त गरेका छन् । उनले ट्वीटमा लेखेका छन् ‘लिनभिलको निधनको सुनेर निकै दुःख लाग्यो ।’

लिनभिनले १९५० देखि १९८० सम्म १०० बढी फिल्म तथा टिभी शोमा काम गरेकी छन् । १९६२ मा अभिनेत्रीले निर्देशक मार्क रिडेलसँग बिवाह गरेकी हुन् ।

उनका दुई बच्चा एमी र क्रिस्टोफर रिडल रहेका छन् । उनले अभिनय करियरलाई लिएर ‘सेभेन स्टेप्स’ नामक पुस्तक समेत लेखेकी छन् ।

प्रकाशित मिति: Jun 23, 2021

प्रतिक्रिया दिनुहोस्