Logo
१५ चैत्र २०८०, बिहीबार
(June 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देउवाको रिटमाथि संवैधानिक इजलासमा आजबाट निरन्तर सुनुवाई

संघीय संसदको प्रतिनिधिसभा विघटन लगायतका विषयमा परेका ३० वटा रिटमाथि संवैधानिक इजलासमा आजदेखि सुनुवाई हुँदैछ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रमुख निवेदक भएको र विघटित प्रतिनिधिसभाका १ सय ४६ सदस्यहरुले दायर गरेको रिटमा निरन्तरर सुनुवाई हुन लागेको छ ।

बहुमत सदस्यको हस्ताक्षर राष्ट्रपति कार्यालयमा बुझाउँदा पनि देउवालाई प्रधानमन्त्री नियुक्त नगरिएको भन्दै तीसवटा रिट परेकोमा सबैभन्दा पहिला देउवा प्रमुख निवेदक भएको रिटउपर सुरुवाई हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रति विद्यादेवी भण्डारी र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले यसअघि नै जवाफ बुझाइसकेका छन् ।

संवैधानिक इजलासमा रिट निवेदक पक्षका वकिलले सुरुमा १२ घण्टा र पछि जवाफी बहसका लागि ३ घण्टा गरी १५ घण्टा बहस गर्न पाउनेछन् । त्यस्तै विपक्षीलाई पनि १५ घण्टाको समय दिइएको छ ।

निरन्तर बहस हुँदा संवैधानिक इजलासको फैसला आउन धेरै समय नलाग्ने कानूनका जानकारहरु बताउँछन् ।

यसअघि जेठ २३ गते प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जवरासहित वरिष्ठताका आभारमा गठित दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराई सम्मिलित संवैधानिक इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरी रिटमा विपक्षी बनाइएका सरकारपक्षलाई आजसम्म जवाफ पेश गर्न समय दिएको थियो ।

 

 

प्रकाशित मिति: Jun 23, 2021

प्रतिक्रिया दिनुहोस्