Logo
६ बैशाख २०८१, बिहीबार
(June 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राप्रपा छाडेका सुनिल थापा समूहका ५५ जनाले पाए कांग्रेस महासमिति सदस्य {सूचीसहित}

राप्रपा छाडेका सुनिल थापा समूहका ५५ जना भए कांग्रेस महासमिति सदस्य पाएका छन् । राप्रपा छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका सुनिलबहादुर थापाको समूहले कांग्रेसको १४ औं महाधिवेशनका लागि ५५ जना महासमिति सदस्य पाएको हो ।

कांग्रेस केन्द्रीय कार्यालयले सहमहामन्त्री सुनिलबहादुर थापासहित राप्रपाबाट कांग्रेसमा प्रवेश गरेका केन्द्र र जिल्ला तहका नेताहरुलाई महासमिति सदस्यमा समायोजना गरेको हो ।

महासमिति सदस्यमा समायोजना हुनेमा रामकृष्ण भट्टराई,विष्णुबिक्रम थापा, बाबुराम बस्नेत, किरण गिरीसहितका विभिन्न तहका नेता छन् ।

अधिकांश मोरङका छन् भने अन्यमा धनकुटा, सिन्धुपाल्चोक, भोजपुर, बारा, काठमाडौं, ललितपुर, झापा, कपिलवस्तु, रामेछापलगायतका जिल्लाका नेता छन् ।

 

प्रकाशित मिति: Jun 22, 2021

प्रतिक्रिया दिनुहोस्