Logo
१२ बैशाख २०८१, बुधबार
(June 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिंगल चार्जमा ४ सय किमी गुड्ने निसान लिफ नेपाली बजारमा भित्रिदैं, टिजर सार्वजनिक

निसानको बहुप्रतीक्षित इलेक्ट्रिक कार निसान लिफ नेपाली बजारमा उपलब्ध हुने भएको छ । गत वर्ष नै नेपाली बजारमा उपलब्ध हुने घोषणा गरे पनि कर वृद्धिका कारण यो कार नेपालमा उपलब्ध हुन सकेको थिएन ।

हाल बजेटमा गरिएको करको पुनरावलोकनका कारण यो कार नेपाल आउने पक्का भएको हो । त्यसैगरी अब निषेधाज्ञा पनि केही खुकुलो हुने भएसँगै यो कार नेपाल आउने छ ।

निसान नेपालको फेसबुक पेजमा पनि यस सम्बन्धी टिजर सार्वजनिक गरिएको छ, जसमा ‘निसा लिफ–सिम्प्ली अमेजिङ, कमिङ सुन’ लेखिएको छ ।

नेपालमा निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटोकर्पका अनुसार निसान लिफ ४० किलोवाट ब्याट्री र ११० किलोवाटको मोटरका साथ उपलब्ध हुनेछ।

निसान लिफलाई फुल चार्ज गर्न होम चार्जिङमा १८ घण्टा र फास्ट चार्जिङमा ७ घण्टा ३० मिनेट लाग्ने बताइएको छ ।सिंगल चार्जमा ४ सय किलोमिटर गुड्ने निसान लिफ विश्वकै सबैभन्दा सुरक्षित इलेक्ट्रिक कार पनि मानिन्छ ।

निषेधाज्ञा खुलेको केही समय पश्चात यो कारको मूल्य र फिचरको वारेमा विस्तृत विवरण सार्वजनिक हुने कम्पनीको भनाइ छ । नेपाल अटो

 

प्रकाशित मिति: Jun 21, 2021

प्रतिक्रिया दिनुहोस्