Logo
२९ श्रावण २०८२, बुधबार
(June 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देउवालाई सिटौलालाई कार्यवाहक दिएर अघि बढ्न नेताहरुको सुझाव

नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलालाई कार्यवाहक दिएर अघि बढ्न सभापति शेरबहादुर देउवालाई निकट नेताहरूले सुझाव दिएका छन् ।

पार्टीको १४ औँ महाधिवेशनबाट सभापतिमा आफ्नै निरन्तरता दिनको लागि तयारीमा जुटेका देउवालाई नेताहरूले सिटौलालाई कार्यवाहक बनाएमा पार्टी सहजढंगले अगाडी बढ्ने र सभापतिमा जित्न सहज वातावरण बन्ने भन्दै सुझाव दिएका हुन् ।

देउवा आगामी महाधिवेशनबाट पनि आफ्नै नेतृत्वमा पार्टी अघि बढाउने सोचमा शनिवारदेखि सातै प्रदेशका आफू निकट नेताहरूसँग छलफलमा जुटिरहेका छन् ।

शनिवार प्रदेश १ र २ का नेताहरूसँग छलफल गरेका उनले आइतबार बागमती प्रदेशका नेताहरूसँग छलफल गरेका छन् ।स्रोतका अनुसार नेता भीमसेनदास प्रधानले देउवालाई सिटौलालाई कार्यवाहक बनाएर अघि बढे नेतृत्व लिन सहज हुने सुझाव दिएका हुन् ।

प्रकाशित मिति: Jun 20, 2021

प्रतिक्रिया दिनुहोस्