Logo
४ जेष्ठ २०८१, शुक्रबार
(June 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देउवा र बागमतीका कांग्रेस नेताहरूबीच छलफल जारी, आजै गण्डकीका नेताहरूसँग पनि भेट्ने

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नजिकिदै गर्दा सभापति शेर बहादुर देउवा पछिल्लो समयमा आफूनिकट नेताहरुसँग छलफलमा जुटेका छन् ।

देउवाले आज आफ्नै निवास बुढानीलकण्ठमा बागमती प्रदेशका नेताहरूलाई बोलाएका छन् ।देउवाले १४ औँ महाधिवेशनबाट पुनः सभापति बन्न आफू निकटका नेताहरूसँग छलफलमा जुटेका छन् ।

आफ्नै निवास बुढानीलकण्ठमा सातै प्रदेशका काँग्रेसका नेताहरूलाई पालै पालो छलफलका लागि बोलाएका हुन् ।प्रदेश १ र २ का नेताहरूसँग छलफल गरिसकेका उनले आइतबार बागमती प्रदेशका नेताहरूलाई बोलाएका छन् ।

अहिले बागमती प्रदेशका नेताहरूसँग सभापति देउवाको छलफल जारी छ । छलफलमा कृष्ण प्रसाद सिटौला पक्षका नेता शिव हुमागाईँ पनि सहभागी छन् ।

बागमती प्रदेशका नेताहरूसँगको छलफल पछि अजै गण्डकी प्रदेशका नेताहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म निर्धारण गरिएको छ । सभापति देउवाले आगामी महाधिवेशनबाट पनि पार्टी सभापति आफै बन्ने बताउँदै आएका छन् ।

उनले आफ्नै नेतृत्वमा पार्टी बलियो हुने दाबी गर्दै आएका छन् ।शनिवार प्रदेश २ का नेताहरूसँगको छलफलमा उपसभापति विमलेन्द्र निधिले पनि सभापतिको उम्मेदवार बन्ने इच्छा व्यक्त गरेका थिए ।

प्रकाशित मिति: Jun 20, 2021

प्रतिक्रिया दिनुहोस्