Logo
४ जेष्ठ २०८१, शुक्रबार
(June 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देउवाले भने : ‘म सभापतिमा फेरि लड्छु र मेरै नेतृत्वमा पार्टीलाई सबैभन्दा ठुलो बनाउँछु’

नेपाली कांग्रेसका सभापति शेरहादुर देउवाले १४ औँ महाधिवेशनमा आफू फेरि सभापतिका लागि लड्ने सङ्केत दिएका छन् ।

शनिबार बिहान प्रदेश १ का केन्द्रीय सदस्यहरुसँग बुढानीलकण्ठमा छलफल गर्दै देउवाले आफू सभापतिमा दोहोरिने बताएका हुन् ।

देउवाको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी एक केन्द्रीय सदस्यले भने, ‘म सभापतिमा फेरि लड्छु । मेरो नेतृत्वमा संविधान कार्यान्वयन भएको थियो । तीन तहको निर्वाचन गराएँ । हामीले प्रतिनिधिसभामा लोकप्रिय मत सबैभन्दा बढी पाए पनि सिट कम जित्यौँ, अब म मेरै नेतृत्वमा यो पार्टीलाई सबैभन्दा ठुलो बनाउँछु र सरकारको नेतृत्व गरेर काँग्रेसको बाटोमा मुलुकलाई अगाडि बढाउँछु ।’

देउवाले महाधिवेशनमा जित्ने गरी काम गर्न केन्द्रीय सदस्यहरुलाई निर्देशन दिए । सातै प्रदेशका केन्द्रीय सदस्यसँग छुट्टाछुट्टै भेट्ने कार्यक्रम राखेका छन् ।

छलफलमा सहमहामन्त्री सुनिल थापा, केन्द्रीय सदस्यहरु ज्ञानेन्द्रबहादुर कार्की, मीन विश्वकर्मा, सीता गुरुङ, बाबुराम बस्नेत, डा. डीला संग्रौला, सुजाता परियारलगायत सहभागी थिए ।

 

प्रकाशित मिति: Jun 19, 2021

प्रतिक्रिया दिनुहोस्