Logo
१४ श्रावण २०८२, मंगलबार
(June 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्णाली प्रदेशका तीन मन्त्रीलाई राजीनामा दिन एमालेको निर्देशन

कर्णाली प्रदेशका तीन मन्त्रीलाई राजीनामा दिन एमालेले निर्देशन दिएको छ ।

एमाले कर्णाली प्रदेश संसदीय दलको आज (शुक्रबार) बसेको बैठकले प्रदेश सरकारमा रहेका तीनजना मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन दिएको हो ।

बैठकले सरकारमा सहभागी एमाले सांसद अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई फिर्ता बोलाउने निर्णय गरेको प्रमुख सचेतक गुलावजंग शाहले बताएका छन् ।

गत वैशाख ३ गते यी ३ मन्त्रीसहित सांसद प्रकाश ज्वालाले फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए । शाहीलाई विश्वासको मत दिएपछि शाहीले थापा, शाही र बुढालाई मन्त्री नियुक्त गरेका थिए ।

फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएको भन्दै उनीहरुलाई नेकपा एमालेले कारबाही गरेको थियो । उक्त कारबाही गरेपछि पदमुक्त भएका उनीहरु सर्वोच्च अदालतको आदेशमा पुनर्वहाली भएका थिए ।पुनर्बहाली भएपछि उनीहरुले फेरि एमाले संसदीय दलको निर्देशन मान्नुपर्ने शाहले बताए ।

प्रकाशित मिति: Jun 18, 2021

प्रतिक्रिया दिनुहोस्