Logo
८ बैशाख २०८१, शनिबार
(June 17, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ मारुती सुजुकी सेलेरियो लन्च हुँदै, यस्तो छ विशेषता !

मारुती सुजुकीले फेस्टिभल सिजनमा न्यु जेनेरेसन मारुती सुजुकी सेलेरियो लन्च गर्ने तयारी रहेको छ ।

लन्चिङ भन्दा पहिला नै सो ह्याचब्याक कारको फोटो इन्टरनेटमा सार्वजनिक भएको छ । यद्यपि सो कार परीक्षणको समयमा पनि देखा परेको थियो ।

नयाँ मारुती सेलेरियो हार्टटेक प्लेटफर्मको साथमा उपलब्ध हुनेछ । सो टेक्नोलोजीको प्रयोग एस-प्रेसो, वागनआर र स्विफ्टमा पनि गरिन्छ ।

नयाँ सेलेरियो हाल उपलब्ध मोडल भन्दा ठूलो र बढी क्याबिन स्पेसको साथमा उपलब्ध हुनेछ । यसको साथै सो कारको डिजाइन निकै आकर्षक हुनेछ ।

नयाँ सेलेरियोमा १.० लिटर थ्री सिलिन्डर के१०बी नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिनको प्रयोग गरिएको छ । जसको प्रयोग हाल उपलब्ध मोडलमा पनि गरिएको छ ।

सो इन्जिनले ६८ पीएसको पावर र ९० एनएमको टर्क जेनेरेट गर्छ ।नयाँ सेलेरियोको फिचरको बारेमा केही आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन ।

हाल उपलब्ध मोडलमा ब्लुटुथ इन्टरटेन्टमेन्ट सिस्टम, स्टेयरिङ माउन्टेड अडियो कन्ट्रोल, सिट हाइट एड्जस्ट, पावर विन्डो र म्यान्युअल एसी जस्ता फिचर उपलब्ध रहेको छ । नेपाल अटो

प्रकाशित मिति: Jun 17, 2021

प्रतिक्रिया दिनुहोस्