Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हिरोले ल्याउँदै छ ग्ल्यामर एक्स्टेक बाइक, होन्डा साइनसँग प्रतिस्पर्धा गर्ने

हिरो मोटोकर्पले हाल बजारमा प्रचलित ग्ल्यामर भन्दा माथिल्लो भर्सनको रुपमा ग्ल्यामर एक्सटेक (XTEC) ल्याउने भएको छ ।

हिरो मोटोकर्पले तयार गरेको प्रस्तुतिकरण अनलाइन रुपमा लिक भएको आधारमा यो समाचार विभिन्न मिडियाहरुले सार्वजनिक गरेका हुन् ।

हाल बजारमा हिरोका १२५ सीसी कम्युटर सेगमेन्टमा दुई बाइक ग्ल्यामर र सुपर स्प्लेन्डर उपलब्ध छन् । तर बजारमा यही सेगमेन्टको होन्डा साइनसँग यी बाइकले प्रतिस्पर्धा गर्न सकेका छैनन् ।

यही कुरालाई मनन गरेर हुन सक्छ, हिरोले १२५ सीसीको प्रिमियम बाइक सेगमेन्टमा ग्ल्यामर एक्सटेक ल्याउने तयारी गर्दैछ । लिक भएको प्रस्तुतिकरण अनुसार हिरो एक्सटेकमा फुल्ली डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल हुनेछ । हाल स्ट्यान्डर्ड ग्ल्यामर र सुपर स्प्लेन्डरमा रहेको सेमी डिजिटल युनिट भन्दा यो फरक हुनेछ ।

यसमा गियर पोजिसन इन्डिकेटर, डिजिटल टेकोमिटर र रियल टाइम फ्युल कन्जम्प्सन डाटा हुनेछ । सो बाइकमा एलईडी हेडलाइट समेत हुने अनुमान गरिएको छ, यद्यपि यसको वारेमा त्यहाँ केही जानकारी उपलब्ध छैन ।

हिरोको सो बाइक टेक्नो ब्ल्याक, ग्रे ब्लु र ग्रे रेड गरी तीन कलर अप्सनमा उपलब्ध हुनेछ । हाल प्रचलित ग्ल्यामर भन्दा ग्ल्यामर एक्सटेक ३ हजार भारु महंगो हुने बताइएको छ ।

हाल नेपाली बजारमाहिरोका अन्य १२५ सीसी मोडलमा भएकै १२४.७ सीसी एयरकुल्ड, सिंगल सिलिन्डर इन्जिन यसमा पनि प्रयोग गरिने छ । सो इन्जिनले १०.७ एचपी पावर र १०.६ एनएम टर्क जेनेरेट गर्छ । नेपाल अटो

प्रकाशित मिति: Jun 16, 2021

प्रतिक्रिया दिनुहोस्