Logo
१५ चैत्र २०८०, बिहीबार
(June 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मारुती सुजुकीको नयाँ अल्टो कार २०२२ मा लन्च हुने

मारुती सुजुकीको नयाँ अल्टो कार परीक्षणको समयमा भारतीय सडकमा देखा परेको छ । कम्पनीले सो कार २०२१ मा लन्च गर्ने योजना बनाएको थियो ।

तर, कोभिड -१९ को कारणले गर्दा यसको लन्चिङ समय सारिएको छ ।रिपोर्टका अनुसार नयाँ अल्टो २०२२ को बीचमा लन्च गर्ने सम्भावना रहेको छ । अर्थात् सो कार जुलाई अगस्तको बीचमा लन्च गर्नेछ ।

भारतमा सो कारको लोकप्रियतालाई ध्यानमा राखेर कम्पनीले सो कारको नेक्स्ट जेनेरेसन मोडल लन्च गर्न लागेको हो ।

नयाँ अल्टोमा केही परिवर्तन देख्न सकिन्छ । रिपोर्टका अनुसार नयाँ मोडल हार्टटेक प्लेटफर्ममा आधारित हुनेछ । जसको प्रयोग वागन आर र एस–प्रेसोमा पनि गरिएको छ ।

सो कारमा ६६० सीसी नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन समावेश गरिएको छ । जसले ४९ बीएचपीको पावर जेनेरेट गर्छ । नेपाल अटो

प्रकाशित मिति: Jun 16, 2021

प्रतिक्रिया दिनुहोस्