Logo
११ बैशाख २०८१, मंगलबार
(June 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खोपको हाहाकारबीच यस्तो छ, खोप उत्पादक कम्पनीहरुको अवस्था (भिडियो सहित)

खोप के हो र यसको आवश्यक्ता किन पर्दछ त्यसको वास्तविक्ता यतिबेला बल्ल हामिले नजिकबाट महसुस गरेका छौं । अर्थात कोरोनाले पुरै विश्व ग्रसित भएपछि । पछिल्लो २ वर्षदेखि हामिमाझ कोरोनाकाल जारी रहेको छ ।

नेपाल जस्तो गरिब मुलुक जुन देश खरिदमा कम र अनुदानमा बढी आस राख्छन् त्यो देशमा त झन यो कोरोनाकालले बढी नै समस्या निम्त्याएको छ । यतिबेला अनुदान त के पैसा तिरेर समेत खोप पाइरहेको अवस्था छैन ।

एक पटक हामि कलपना गरौ, यदि हामिले पोलियो थोपा नलिएको भए, टेटिनसको सुई बच्चामै नहालिएको भए, हेपाटाटिसको खोप नलगाएको भए आज हाम्रो अवस्था के हुन्थ्यो होला । हो ठिक यस्तै अनिवार्य आवश्यक्ताको विषय बनेको छ यतिबेला कोरोनाको खोप ।

खोप लगाएमा कोरोनाबाट ९५ प्रतिशत सुरक्षित रहने र कहिँ कोरोना लागि नै हाल्यो भने ९५ प्रतिशत उनको ज्यानमा कुनै खतराबाट सुरक्षित रहन्छ । विश्वव्यापी रूपमा बनाएको खोपको ६० प्रतिशत उत्पादन भारतमा हुने गरेको छ । तर अमेरिका पछि कोरोनाको भयावह अवस्था सबैभन्दा बढी भारतमै पाइएको छ ।

सीरम संस्थान : (Serum institute of india)


खोपहरुको उत्पान गर्ने र सम्पुर्ण विश्वभर यसको आपुर्ती गर्ने मध्ये सबै भन्दा ठुलो संस्थान हो सीरम संस्थान । भारतको महाराष्ट स्थित पुणेमा रहेको यो फार्मा कम्पनीले संसारलाई कोभिड खोप दिने दौडमा यतिबेला ठूलो नेतृत्व लिएको छ । सीरम इंस्टिट्यूट (एसआईआई) मात्र यो एक नाम हैन बरु प्रत्येक घरमा यसलाई चिनिन्छ, यो विश्वमा सबै भन्दा ठूलो खोप निर्माता हो । यो कम्पनीले दैनिक ३० लाख भन्दा बढी खोपको उत्पादन गर्दे आएको छ ।

यो कम्पनी भारतको निजि कम्पनी हो सरकारी होइन । बेलायतको एक पारिवारिक कम्पनी र भारतमा रहेको पुणेवाला ग्रुपले यो कम्पनीको संचालन गर्दे आएको छ । अक्सफोर्ड र एस्ट्राजेनेका जस्ता औषधि रिसर्चर कम्पनीहरूसँग मिलेर खोपको निर्माण गर्ने कार्य सिरमले गर्दै आएको छ ।

कम्पनीका मुख्य कार्यकारी अधिकारी (सीईओ) अदार पूनावालाका अनुसार १ वर्षभित्र पुरै विश्वलाई सिरमले खोप दिइसक्ने छ । विश्व स्वास्थ्य संगठनको समेत एउटा अंगको रुपमा मानिने सिरम खासगरी गरिब मुलुकहरुमा खोप दिन बढी प्रभावकारी सस्थान हो । किनकी डब्लुएजओले यो संस्थानसँग खरिद गरि गरिब मुलुकहरलाई दिने गरेको छ । यो फर्मा दुनियाँको सबैभन्दा ठुलो र सबैभन्दा बढी परिणाममा खोप उत्पादन गर्ने गरेका कारण डब्लुएचओले सीरमसँग सम्झौता गरेर पुरै विश्वलाई दिने गरेको छ ।

केहि महिना अघि म समेत हामि केहि पत्रकारहरु उक्त संस्थान पुगेका थियौं । संस्थाको विस्तृप्त अध्ययण पनि गरेका थियौ । प्लान्टको अवलोकन भ्रमणदेखि संस्थाको इतिहाससम्मको बारेमा जानेका थियौं ।

सीरम संस्थानका प्रमुख कार्यकारी अदार पूनावाला भन्छन् “हामिले विगतको अनुभवहरुमा आधारित रहेर अक्सफोर्ड वैज्ञानिकहरूको खोजमा अधारित रही यो खोपको उत्पादन ग¥यौं । जोखिम लियौं । त्योबेला विश्वका सरकारहरुले खासै ध्यान दिएन । तर आज आएर हामि दवाबमा छौं, चौतर्फी दवाबमा छौं, थेग्न नसक्नेगरी विश्वभरबाट खोपको माग छ ।”

उनले भने “भारत सरकारले हामिलाई त्यो बेला हौसला दियो, हिम्मत दियो र हामि बढी नै परिणाममा खोपको उत्पादन ग¥यौं, जून भारत सरकार मार्फत नेपाल समेत धेरै देशहरुले अनुदानमा पनि पाए । त्यसपछि नेपाल समेत धेरै देशहरुको अग्रिम औडर हामिले लियौं, तर पछि भारतमै अवस्था भयावह भएपछि अन्य देश पठाउन सकिएन । यता सुप्रिम कोटले समेत रोक लगाइदियो । भारत सरकारले समेत त्यस्तै खालको नीती ल्यायो ।”

अक्सफोर्ड र एसआईआईबीचको सम्झौता
अक्सफोर्ड र एसआईआईले सँगै मिलेर मलेरिया खोप समेत तयार पारिसकेका छन् ।

सीरम इंस्टिट्यूट एक निजी कम्पनी भएकोले पूनावाला र तिनका वैज्ञानिकहरूबीच छिटो निर्णय लिने अवस्था हुन्छ । सरकारी जस्तो धेरै प्रकृया पुरा गर्नुपर्देन ।

पुणेवाला भन्छन् तर रकम जुटाउनु चुनौतीपूर्ण हुन्छ । एसआईआईले कोविड भ्याक्सिन परियोजनामा सुरुमा २६० मिलियन डलर लगानी गरेको थियो, र बाँकी कोष बिल गेट्स र केही अन्य देशहरू जस्ता मानिसहरूले जुटाए ।

कम्पनीका अनुसार अप्रिल २०२० मा अदार पूनावालालाई मात्र आफूलाई चाहिने कुराको सोच थियो । पूनावालाले भने, “हामीले समयमै ६०० मिलियन भायल (औषधी राख्ने सिसि) कनेका थियौं र त्यसलाई हाम्रो गोदाममा भण्डार गरिसकेका थियौं । यो हाम्रो रणनीतिको सबैभन्दा महत्त्वपूर्ण हिस्सा थियो, जसका कारण जनवरीमा हामी ७०÷८० मिलियन डोज तयार ग¥यौं ।

उनले भने, “म चाहान्छु कि बाँकी कम्पनीहरूले यस्तो जोखिम उठाएको भए, आज संसारले धेरै खोपहरूको मात्रा पाएको भए ।” अदार पूनावाला विश्वव्यापी रूपमा खोपहरूको नियमनको प्रणाली र उनीहरूमा समन्वयको अभावको आलोचना गर्दै टीकाको ढिलाइलाई औल्याए । उनले भने, “विश्वका मेडिसिन र हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी (एमएचआरए), युरोपियन मेडिसिन एजेन्सी (ईएमए) तथा संयुक्त राज्य अमेरिकाको फूड एंड ड्रग्स एडमिनिस्ट्रेशन (एफडीए) र विश्वका अन्य नियामक एजेन्सीहरूसँग सहमत हुनुपर्दछ । सकेसम्म चाँडो गुणस्तरको मानक हुनुपर्दछ । योसँगै गर्न सक्नुपर्दछ ।”

नयाँ भेरियन्ट्स :
पूनावालमा कोविडको नयाँ भेरियन्टको बारेमा धेरै चिन्तित देखिँदैन । उनी भन्छन्, “अक्सफोर्ड–एस्ट्राजेनेका खोप लिने जोसुकैले पनि अस्पतालमा जानु परेको छैन । भेन्टिलेटरमा लिनुपर्ने कुनै कारण छैन वा ज्यान जोखिममा छ । न खोप लगाएकाहरुले अरुलाई भाइरस सारेका छन् । बरु यसले तपाईको जीवनलाई बचाएको छ ।”

भारतको सीरम इंस्टिट्यूट अफ इण्डिया विश्वको सबैभन्दा ठूलो खोप अभियानको हिस्सा हो, विश्वभरमा ६० प्रतिशत खोपको उत्पादन यस फर्माबाट हुने गरिएको छ । जसको लक्ष्य ३०० करोड मानिसहरूलाई अगस्टसम्म कोविडको खोप लगाउनु रहेको छ । तर ब्लूमबर्गको रिपोर्ट अनुसार कोभिड खोप लिन हाल योग्य ५६ प्रतिशत व्यक्ति मात्र खोप लिन अगाडि आएका छन् ।

पूनावालाले भने “केही सेलिब्रेटीहरू र गैर–विज्ञहरूले भनेका छन् कि कोविड खोप सुरक्षित छैन, धेरै व्यक्तिहरू कोविड खोपको बारेमा हिचकिचाएका छन् । त्यसकारण म सेलिब्रेटीहरू र सोशल मीडियामा ठूलो प्रभाव भएका अन्य सबै व्यक्तिहरूलाई अनुरोध गर्दछु कि उनीहरू धेरै जिम्मेवारीका साथ बोल्न र यी विषयहरूमा तथ्यलाई नबुझीकन कुरा नगरोस् ।”

विश्वव्यापी मागको ६० प्रतिशत भारतीय खोप निर्माताहरू
विश्वव्यापी रूपमा बनाएको खोपको ६० प्रतिशत उत्पादन भारतमा हुने गरेको छ । तर अमेरिका पछि कोरोनाको भयावह अवस्था सबैभन्दा बढी भारतमै पाइएको छ । भारतले आफ्ना जनतालाई मात्र खोप दिनुपर्ने छैन बरु उस्लाई विश्वका अन्य देशहरूमा पनि आफ्नो प्रतिबद्धता पनि पूरा गर्नुपर्दछ ।

के भारतले यो माग पूरा गर्न सक्छ ? भारतले कति खोपहरू उत्पादन गर्न सक्छ ? भारतमा अहिले दुईवटा खोपहरू अनुमोदन भइसकेका छन् । कोविशिल्ट जसले अक्सफोर्ड र एस्ट्राजेनेकाको सम्झौतामा सीरमले बनाउँदैछ र अर्को एउटा कोभ्याक्सिन । हाल केहि परीक्षणहरू पनि भइरहेका छन् । जुन अन्य खोपहरू पनि भारतमै उत्पादन भइरहेको छ ।

भारतका औषधि उत्पादक कम्पनीहरूले पछिल्ला महिनाहरूमा आफ्ना उत्पादन बढाएका छन् । भारतको सीरम इन्स्टिच्यूट जुन सबैभन्दा ठूलो उत्पादक पनि हो उसका अनुसार सरमले प्रत्येक महिना ६ देखि ७ करोड खोपहरू उत्पादन गर्दै आएका छन् ।

भारत बायोटकको कोभ्याक्सिन
भारत बायोटक हैदराबादमा रहेको औषधी उत्पादन गर्ने अर्को फार्मा कंपनी हो यसले बनाएको कोभ्याक्सिन अलिकती झन्झटिलो र कडा खालका छन् ।

समाचार एजेन्सीहरुका अनुसार बायोटेकले भनेको छ कि यसले वार्षिक ७० करोड खोप उत्पादन गर्नेछ । उसले अन्य देशहरूको लागि प्रति खुराक २० डलर तय गर्ने योजना बनाएको छ ।

यो कम्पनीले भारतमा प्रति डोज १० डलरको मूल्य राखेका छन् । यो कम्पनीका रसियाको एउटा कम्पनीसँग मिलेर आफ्नो उत्पादन गर्दे आएको छ ।
भारतलाई कति चाहिन्छ ?

भारत सरकारले जुलाईको अन्त सम्म ३०० करोड मानिसहरूलाई खोप दिने बताएको छ । जुलाई महिनामा ६० करोड जनतालाई खोप लगाउने योजना छ । जुन प्रत्येक महिना ९ करोड खुराक चाहिन्छ । अहिले त्यहाँ बिभिन्न राज्य सरकार र केन्द्र सरकाबीच द्धन्द्ध जारी रहेको छ । बिपक्षी दलदेखि सर्वोच्च अदालतसम्ममा केन्द्र सरकारको आलोचना भइरहेको छ भने भ्याक्सिन र औकसिजन राजनीति त्यहाँ जारी रहेको छ ।

विश्वमा भारतको भूमिका के हुनेछ ?
भारतको सीरम संस्थान विश्व स्वास्थ्य संगठनद्वारा समर्थित कोवाक्स योजनाको अंग पनि हो । यसको उद्देश्य मध्यम आय भएका देशहरूमा खोप उपलब्ध गराउनु हो । गत वर्ष सेप्टेम्बरमा, सीरम संस्थानले यस योजना अन्तर्गत २०० मिलियन डोज प्रदान गर्ने भनेको थियो ।

यो अक्सफोर्ड–एस्ट्राजेनेका भ्याक्सिन वा यूएस नोभेक्स खुराक हुन सक्छ । भारतको सीरम संस्थानका प्रमुख कार्यकारी अदार पूनावालाले केहि दिन अघि बीबीसीलाई बताएका थिए कि यो सम्झौता ९० करोड डोजसम्म बढाउन सकिन्छ । यदि यो भयो भने, भारतको सीरम संस्थानको प्रतिबद्धता १ अरब डोज हुनेछ ।

बीबीसीसँग कुराकानी गर्दै कम्पनीले भनेका थिए कि यो उत्पादन प्रति महिना १० करोड डोजमा बढाउने प्रयास गरिरहेको छ । कोभ्याक्स योजनाको अतिरिक्त, भारतको सीरम संस्थानले अक्सफोर्ड–एस्ट्राजेनेका खोप आपूर्ति गर्न धेरै देशहरूसँग द्विपक्षीय वाणिज्य सम्झौता गरेको छ । यस महिनाको सुरुमै पूनावालाले भने कि यी खोपहरू निर्यात नहुने शर्तमा अनुमोदित भएको थियो तर उनको भनाइ अनुसार यो भ्रम हो ।

उता, नेपाल, बंगलादेश, भूटानले चिन्ता व्यक्त गरेपछि भारत सरकारले स्पष्ट गरे कि निर्यातको अनुमति दिइनेछ, बंगलादेशसँग मासिक ३ करोड खुराक दिने गर्ने सम्झौता गरेको छ ।

दिल्ली स्थित विदेश मन्त्रालयका एक अधिकारीका अनुसार भारत विश्वको सबैभन्दा ठूलो खोप उत्पादक देश भएको नाताले छिमेकीहरू र बाँकी विश्वप्रति प्रतिबद्धताप्रति पूर्ण सजग छ । यस बाहेक कम्पनीले साउदी अरेबिया, म्यानमार र मोरक्कोसँग पनि सम्झौता गरेको छ । यद्यपि कति खोप, कति लामो समयसम्म उनीहरूलाई आवाश्यक हुन्छ, यो अझै स्पष्ट छैन ।

नेपाल, ब्राजिल र श्रीलंकाले पनि भारतमा बनाइएका खोपको आसमा छन् । तर पूनावालाले भने कि उनको प्राथमिकता आन्तरिक माग पूरा गर्नु नै हुनेछ । “हामीले प्रारम्भिक आवश्यकता पूरा गरिसकेपछि चाँडै नै हामीले यसलाई अरू देशहरूमा निर्यात गर्न थाल्नेछौं ।” संसारभरी यो पनि चिन्ता छन् कि त्यहाँ शीशीहरूको पनि कमी हुन सक्छ । यद्यपि सीरम संस्थानका अनुसार उनले अहिलेसम्म त्यस्तो कुनै कमीको सामना गरेका छैन ।

अध्ययन भ्रमण पछि बिरेन्द्र केएमको आलेख:

अदार पूनावाला : घोडाको ब्यापारदेखि भ्याक्सिन उद्योगको सम्राटसम्मको यात्रा
जब संसारभरि कोरोना खोप तयार गर्ने र मानिसमा परीक्षण गर्ने अध्ययन हुँदै थियो तब, हामी पुणेको सीरम संस्थानको भ्रमण गरेका थियौं । कोलोना खोप बनाउन भारतको सीरम संस्थानले अक्सफोर्ड–एस्ट्राजेनेकासँग सम्झौता गरेर भ्याक्सिन तयार गरेको छ । सीरम संस्थान भारत र विश्वका अन्य देशहरूमा कोभशिल्ड भ्याक्सिनहरू सबैभन्दा ठूलो आपूर्तिकर्ता हो ।
दिनभरि हामिले सीरम इंस्टिट्यूट प्लान्टको भ्रमण ग¥यौं ।

यहाँ कयैं किसिमका खोपहरु उत्पादन भइसकेकालो यस संस्थानको विश्वमा अर्कै स्थान छ । सीरम संस्थानका अधिकारीहरुले हामिलाई ब्रिफिगं गर्दे घुमाए । सीरम क्याम्प भित्र एउटा फ्लाईओभर छ जुन सीरम संस्थान भित्र एक मात्र निजी सडक थियो जुन सीधै त्यस ठाउँमा लगिरहेको थियो। । त्यहाँ पुग्नु पहिले एउटा विशाल हेलीप्याड देखयौं ।

त्यहाँ हेलिकप्टर पनि उभिएको थियो । त्यहाँ ठूलो यात्री विमान पनि देखियो । त्यो विमान चार्टर्ड विमान थिएन तर एयरबस ३२० विमान थियो । हामीले बुझ्न सकेनौं कि हामी सीरम प्लान्ट भित्र थ्यौं कसरी अचानक एयरपोर्टमा पुगयौं ? तर सँगै आएका अफिसरले हामीलाई भने, “यो हाम्रो कम्पनीका प्रमुख अदार पूनावालाको कार्यालय हो । यो विमान स्थायी रूपमा यहाँ रहन्छ र पूनावालाले यसलाई दोस्रो कार्यालयको रूपमा प्रयोग गर्दछन् ।” यस हेलिप्याडसँग जोडिएको भवन एयरपोर्ट टर्मिनलसँग मिल्दोजुल्दो छ । यस कार्यालयको नाम पनि थियो – टर्मिनल वन ।

घोडा व्यापारदेखि खोपको व्यापारसम्म
पूनावाला परिवार १० औं शताब्दीमा बेलायती समराज्य समयमा पुणे आएका थिए । त्यो बेला कयौं पारसी परिवारहरू बेलायती भारतमा बसोबास गरे र प्रशासनदेखि लिएर व्यापारसम्म विश्वमा स्थापित भए । पारसी परिवार बसोबास गर्ने शहरहरूको नाम तिनीहरूको नामबाटै स्थापित भएका थिए ।

उही तरीकाले आदारको परिवारलाई पुनावाला राखियो । सुरुमा यो परिवार निर्माण व्यवसायमा सक्रिय थिए । तर यो परिवार घोडाको व्यवसायमा स्थापित नाम थिए । आज पनि यो परिवार घोडाको व्यवसायबाटै चिनिन्छन् । घोडाको व्यापार अदारका हजुरबुवा सोली पूनावालाले शुरू गरेका थिए ।

सीरम बनाउने सीरम संस्थान कसरी सुरू भयो ?
वास्तवमा यसको जडान घोडा व्यापारसँगै सम्बन्धित छ । जब अदारका बुबा साइरसले घोडाको व्यापार विस्तार गर्ने विचार गरे, तब उनको ध्यान एक यस उद्योगतर्फ गयो ।

साइरसले यो जोखिम लिए र खोप बनाउने व्यवसायमा प्रवेश गरे । पूनावालाको फर्मबाट पुरानो हुर्किएका घोडाहरूलाई सर्पदंश र टिटानस खोपहरू बनाउन प्रयोग गरिन्थ्यो । किनभने घोडाको रगतमा रहेको सीरमबाट प्रतिजीवीहरू उत्पादन गरिएको थियो ।

पोलियो उन्मूलन कार्यक्रम अन्तर्राष्ट्रिय रूपमा शुरू भएको लगत्तै, सीरमले यो कार्यक्रमलाई अवसरको रूपमा देख्यो । सीरमले युरोपेली र अमेरिकी प्रविधि ल्याएर यसको उत्पादन बढायो र उत्पादनहरूको मूल्य सस्तोमा राख्यो । साइरस विश्वका धनी मानिसहरूमध्ये गनिन्थे ।

१९६६ मा सेरेसले पाँच लाख रूपैयाँबाट सीरम संस्थान स्थापना गरे र फोर्ब्सको सूचीका अनुसार उनी १६५ नम्बरमा विश्वको सबैभन्दा धनी मानिस हुन् । फोर्ब्स इंडियाको सूचीका अनुसार उनी भारतमा छैठो धनी मानिस हुन् ।

अदार पूनावाला २००१ मा बेलायतबाट अध्ययन पूरा गरेपछि सेरम संस्थानमा सामेल भए । आजको मितिमा, अदारको प्रभाव बदलिएको र विस्तार गर्ने सीरम समूहमा बढी देखिन्छ, आफ्ना बुबाको कम । साइरसको समयसम्ममा सिरम मुख्यतया भारतमा सक्रिय थियो । २०११ मा, आदर्श पूनावाला सेरम समूहको सीईओ बने ।

यसपछि उनले दुईवटा कुरामा ध्यान केन्द्रित गरेका छन् – एउटा उनले उत्पादन क्षमता बढाउन र विश्वका धेरै भन्दा धेरै देशहरूमा सिरम मार्फत खोप आपूर्तिमा केन्द्रित थिए । सीरमले २०१२ मा डच राज्य खोप निर्मातालाई विस्तार गर्ने योजनाको रूपमा प्राप्त गर्यो।

यस पछि, सीरम विश्वको नजरमा आए किनभने यस पछि कम्पनी विश्वको सबैभन्दा ठूलो खोप उत्पादक कम्पनी बन्यो । २००१ मा, सीरमले ३५ देशहरूमा खोपहरू आपूर्ति गरेको थियो आजसम्म सीरमले संसारभरि १६६ देशहरूमा भ्याक्सिनहरू आपूर्ति गर्दछ ।

लेखक बिरेन्द्र केएमको अध्ययन भ्रमणका तस्विरहरु : 


भिडियो :

– लेखक केएम नागरिक टाइम्सका सम्पदक हुन्, उहाँ एबिपि न्यूजका लागि नेपाल संवाददता पनि हुनुहुन्छ !

प्रतिक्रिया दिनुहोस्