Logo
४ जेष्ठ २०८१, शुक्रबार
(June 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिपक्षीको घेरामा कोशीका अध्यक्ष अन्सारी : ‘यहाँका जनताले मलाई साथ दिएका छन्’ {भिडियो सहित}

प्रदेश १ स्थित सुनसरीको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले बिपक्षीले घेराबन्दी गरेपनि स्थानीय जनताको साथका कारण आफू सफल रहेको बताएका छन् ।

बिपक्षी नेताहरु सहित शुक्रवार सिभिल मिडिया एण्ड रिसर्च सेण्टरले आयोजना गरेको डिजिटल अन्तरकृयामा बोल्दै अन्सारीले बिपक्षीले जतिसुकै घेराबन्दी गरेपनि आफू सफलताकै मार्गमा रहेको बताएका हुन् ।

पछिल्लो कयौं वर्षमा हुन नसकेको विकासका कार्य आफूले ४ वर्षमा गरेर देखाएको बताए । मात्र सडक, पुल नभई आफूले सिगों पालिकाकै विकासमा अहोरात्र खटिरहेको उनले बताए ।

अब अर्को कार्यकालमा तपाईको उम्मेदवारी रहन्छ की रहन्न ? भन्ने प्रश्नमा उनले त्यो कुरा आउदो समयले निर्धारण गर्ने बताए ।

लाइभ प्रसारण रहेको उक्त कार्यक्रममा एमालेका अजय कुसियैत, जसपाका देवकृष्ण यादव, जितेन्द्र खेरवार लगायतका नेताहरुको सहभागीता रहेको थियो । कार्यक्रममा वडाअध्यक्षहरको पनि सहभागिता रहको थियो ।

हेर्नुस् भिडियो :

प्रकाशित मिति: Jun 12, 2021

प्रतिक्रिया दिनुहोस्