Logo
१३ बैशाख २०८१, बिहीबार
(June 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुदूरपश्चिममा एमालेले सोध्यो नेपाल समुहका १७ सांसदलाई २४ घण्टे स्पष्टीकरण

सुदूरपश्चिममा माधव समुहका १७ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले माधवकुमार नेपाल समुहका १७ जना प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको हो ।

मंगलबार पार्टीको निर्देशन विपरीत मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएको भन्दै १७ जना प्रदेशसभा सदस्यलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

पार्टीको निर्देशन उल्लंघन गरेर मुख्यमन्त्रीको पक्षमा मतदान गर्नुको कारणसहित २४ घण्टाभित्र जवाफ पेश गर्ने समय दिएर स्पष्टीकरण सोधिएको छ ।

जेठ १० गते पार्टीको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेको अवस्था र विश्वासको मतको विपक्षमा मतदान गर्न दिएको निर्देशन विपरीत मतदान गरेकाले स्पष्टीकरण सोधिएको हो ।

प्रकाशित मिति: Jun 10, 2021

प्रतिक्रिया दिनुहोस्