Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ को मन्त्रिपरिषद विस्तार, काँग्रेसका ३ मन्त्रीले लिए सपथ

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषदको विस्तार गरेका छन् । आजै साझ नेपाली काँग्रेसको तर्फबाट संसदीय दलका नेता सहित ३ जनाले मन्त्री पदको सपथ खाएका छन् ।

नवनियुक्त मन्त्रीहरुमा रामसरोज यादव भौतिक पूर्वाधार विकास मन्त्रालय, ओमप्रकाश शर्मा खानेपानी तथा उर्जा विकास मन्त्रालय र विरेन्द्रप्रसाद सिंहले महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

नव नियुक्त तिनै जना मन्त्रीहरुलाई प्रदेश प्रमुख राजेश झाले एक सामान्य कार्यक्रमबीच सपथ ग्रहण गराएका छन् ।

प्रकाशित मिति: Jun 9, 2021

प्रतिक्रिया दिनुहोस्