Logo
१५ चैत्र २०८०, बिहीबार
(June 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब होन्डाको सीबी-३५० डीएलएक्स नेपालमा, यस्तो छ यसको विशेषता !

नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले बहुप्रतिक्षित होन्डाको सीबी-३५० डीएलएक्स सार्वजनिक गरेको छ ।

स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिका अध्यक्ष सौरभ ज्योतिद्वारा युट्युबमा प्रिमियर गरिएको एक भिडियोमार्फत यो बाइकलाई सोमबार नेपाली बजारमा सार्वजनिक गरिएको हो ।

नेपालमा होन्डाको सीबी मोडलका बाइकहरुले एक विशेष पहिचान बनाएको छ । यस सीबी-३५० डीएलएक्सले पनि नेपाली बाइकरहरुको मनमा एक छुट्टै स्थान बनाउन सफल हुने कुरामा कम्पनी विश्वस्त छ ।

३५० को नेपालमा आकर्षक रेट्रो लुक्स मन पराउने सम्पूर्ण बाइक पारखीहरुको लागि निर्मित यस बाइकमा ३५० सीसीको इन्जिन छ । मोर्डन फिचरहरुले भरिपूर्ण यस बाइक सिंगल टोनमा प्रिसियस रेड मेटालिक, म्याट मार्सल ग्रिन मेटालिक, पर्ल नाइट स्टार ब्याल्क गरी ३ विभिन्न रङमा उपलब्ध छ ।

रियल टाइम माइलेज, एभरेज माइलेज र डिस्ट्यान्स टू एम्प्टी सूचित गर्ने डिजिटल क्नसोल, रिङ टाइप विंकरसहित एलईडी हेड ल्याम्प र टेल ल्याम्प, एस्सिट एन्ड सिल्पर क्लच् डिजिटल मिटर, लामो र आरमदायी सिटजस्ता यस बाइकको धेरै मध्यका केही विशेषताहरु हुन् । नेपाली बजारमा यस सीबी-३५० डीएलएक्सको मूल्य सात लाख ५० हजार रुपैयाँ तोकिएको छ ।

यद्यपि निषेधाज्ञाको अवधिभर सो बाइक बुकिङ गर्ने ग्राहकका लागि ५० हजार रुपैयाँ छुट उपलब्ध गराइने कम्पनीको भनाइ छ । नजिकको होन्डा सोरुम वा होन्डा नेपालको वेबसाइटमार्फत सो बाइक बुकिङ गर्न सकिने छ । बुकिङका लागि २५ हजार रुपैयाँ बुझाउनु पर्नेछ ।नेपाल अटो

 

प्रकाशित मिति: Jun 9, 2021

प्रतिक्रिया दिनुहोस्