Logo
१३ बैशाख २०८१, बिहीबार
(June 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ को प्रदेशसभा बैठक विपक्षी दलको अवरोधपछि स्थगित

प्रदेश २ को प्रदेशसभा बैठक विपक्षी दलको अवरोधपछि स्थगित भएको छ ।

प्रदेशसभाको बजेट अधिवेशनको दोस्रो बैठक मंगलबार विपक्षी दलले अवरुद्ध गरेका हुन् ।  प्रदेश सरकारले सम्बन्धित प्रदेश सांसदलाई जानकारी नै नगराइ पालिकाहरूमा अन्तिम समयमा सशर्त अनुदान पठाएको भन्दै विपक्षी दलले विरोध गरेपछि बैठक स्थगित भएको हो ।

सभामुख सरोजकुमार यादवले जवाफ दिन रुलिङ गरेका थिए । तर, विपक्षी दलका सांसदहरूले मुख्यमन्त्री तत्काल उपस्थित भएर जवाफ दिनुपर्ने माग गरेपछि सभामुख यादवले एक घण्टाका लागि बैठक स्थगित गरेका छन् ।

मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभामा उपस्थित भएर जवाफ नदिएसम्म बैठक सञ्चालन हुन नदिने विपक्षी दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका प्रदेश सांसदहरूले माग गरेका थिए ।

प्रदेशमा पछिल्लो पटक कांग्रेस र माओवादीलाई पनि सरकारमा ल्याउने तयारी गरिएको छ । तर सशर्त अनुदानको योजनालाई लिएर विवाद देखिएको छ ।

सोमबारदेखि सुरू भएको छैटौं अधिवेशनमा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुँदैछ । प्रदेशसभामा जेठ २७ गते नीति तथा कार्यक्रम र असार १ गते बजेट प्रस्तुत गर्ने तयारी सरकारले गरेको छ ।

 

प्रकाशित मिति: Jun 8, 2021

प्रतिक्रिया दिनुहोस्