Logo
१५ चैत्र २०८०, बिहीबार
(June 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिँदै

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज प्रदेशसभाबाट विश्वासको मत लिदैँछन् ।

आइतबार प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने पत्र दर्ता भएअनुसार सरकारले सोमबार विश्वासको मत लिन खोजेको तर नेपाली काँग्रेसले विरोध गरेपछि विश्वासको मत लिने कार्य आजका लागि सरेको हो ।

सुदूरपश्चिममा नेकपा (एमाले)को समर्थनमा माओवादी केन्द्रको नेतृत्वमा प्रदेश सरकार रहेकामा स्थायी कमिटी बैठकले समर्थन यही जेठ १० गते फिर्ता लिएको थियो ।

प्रदेश संसदीय दलको बैठकले भने समर्थन कायम राख्ने निर्णय गर्दै आफ्ना तर्फबाट मन्त्रीसमेत फेरबदल गरेको थियो ।

प्रकाशित मिति: Jun 8, 2021

प्रतिक्रिया दिनुहोस्