Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 6, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ का मुख्यमन्त्रीद्वारा पुर्व राजपाका ४ मन्त्रीहरू बर्खास्त

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्नो सरकारमा रहेका ४ जना मन्त्रीलाई बर्खास्त गरेका छन् ।

राज्यमन्त्री योगेन्द्रराय यादवका अनुसार भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललाई सरकारबाट बर्खास्त गरिएको हो ।

जसपाको ठाकुर-महतो समुहमा रहेका सोनल, शर्मा, झा र मण्डललाई मुख्यमन्त्री लालबाबु राउतले आइतवार अबेर राती हटाएको पत्र प्रदेश प्रमुख डा.राजेश झाको सचिवालयमा दर्ता गराएका छन् ।

प्रदेश प्रमुख झाले मुख्यमन्त्री कार्यालयबाट मन्त्रीमण्डलमा हेरफेर गरिएको पत्र प्राप्त भएको पुष्टि गरे ।

प्रदेश प्रमुखको सचिवालयले राती नै जारी गरेको विज्ञप्ति अनुसार मुख्यमन्त्री लालबाबु राउतलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको सम्हाल्नेगरि जिम्मेवारी तोकिएको छ ।

त्यसैगरी विजय कुमार यादवलाई पूर्ववत नै आर्थिक मामिला तथा योजना मन्त्रालय, ज्ञानेन्द्र कुमार यादवलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, शैलेन्द्र साहलाई भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, नवल किसोर साहलाई समाजिक विकास मन्त्रालय र रामनरेश यादवलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय कायम रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: Jun 6, 2021

प्रतिक्रिया दिनुहोस्