Logo
१३ बैशाख २०८१, बिहीबार
(June 6, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यी हुन् इलेक्ट्रिक गाडीका लागि विश्वका धेरै चार्जिङ स्टेशन भएका १० सहर !

इलेक्ट्रिक गाडी चलाउनका लागि चार्जिङ स्टेशनको आवश्यकता पर्छ । यही कुरालाई मनन गरी धेरै स्थानमा चार्जिङ स्टेशन बनाउने गरिन्छ ।

विश्वका सहर मध्ये सबैभन्दा धेरै चार्जिङ स्टेशन भएको सहर लन्डन हो । यहाँ ५ हजार ९ सय चार्जिङ स्टेशन छन् । त्यसैगरी दोस्रो नम्बरमा एम्सटर्डम रहेको छ ।

यहाँ ३ हजार ४०४ स्टेशन छन् । तेस्रो स्थानमा पेरिस रहेको छ, जहाँ २ हजार २८२ स्टेशन छन् ।चौथो, पाँचौ र छैटौ नम्बरमा बर्लिन, ह्याम्बर्ग र म्युनिख रहेका छन्, जहाँ क्रमशः १ हजार ५२६, १ हजार ३८५ र १ हजार २५ चार्जिङ स्टेशन छन् ।

सातौ नम्बरमा भियना, आठौ र नवौं नम्बरमा फ्रयांकफर्ट र कोपनहेगन तथा दशौं नम्बरमा रोम रहेका छन् । यहाँ क्रमशः ९५३, ३८३, ३८३ र ३७५ स्टेशन छन् ।

हेयर ईभी नामक चार्ज प्वाइन्ट डाटासिटबाट यो तथ्य थाहा पाउन सकिन्छ । हिजो विश्व वातावरण दिवसको अवसरमा यो नयाँ तथ्य सार्वजनिक भएको हो ।

नेपालमा पनि हाल विभिन्न स्थानमा चार्जिङ स्टेशन निर्माण भएको छ भने कतिपय स्थानमा तयारी भइरहेको छ । सरकारी निकायको रुपमा नेपाल विद्युत प्राधिकरणका साथै विभिन्न निजी सवारी साधन आयातकर्ता कम्पनीहरु आफैले पनि चार्जिङ स्टेशन निर्माणको कामलाई बढाउने तयारी गरिरहेका छन् । नेपाल अटो

प्रकाशित मिति: Jun 6, 2021

प्रतिक्रिया दिनुहोस्