Logo
१२ बैशाख २०८१, बुधबार
(June 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लकडाउनमा प्रेमिकासँग घुम्न बाहिर निस्किदाँ टाइगर श्रापविरुद्ध मुद्दा

बलिउड अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानीलाई मुम्बई पुलिसले एफआईआर दर्ता गरेको छ ।अभिनेता टाइगर श्राफलाई आफ्नी प्रेमिका तथा अभिनेत्री दिशा पाटनीसँग घुम्दा निकै अफ्यारो परेको छ ।

भारतीय समाचार अनुसार टाइगर र दिशा पाटनीविरुद्ध लकडाउनको नियम उल्लघन गरेको आरोपमा प्रहरीले मुद्दा दायर भएको हो । उनीहरुमाथि कोरोना गाइडलाइनको उल्लघंन गरेको आरोप लागेको छ ।

एजेन्सीको अनुसार टाइगर र दिशा बैंडस्टैडंको नजिक कारमा घुमिरहदा प्रहरीले कार रोकेर यात्रा गर्नुको कारण सोध्दा चित्त बुझ्दो जवाफ नदिएपछि उनीहरु विरुद्ध मुदा दायर भएको हो ।

भारतको महाराष्ट्र सरकारले राज्यमा मिनी लकडाउन १५ जुनसम्म थप गरेको छ । मुम्बई प्रहरीले बान्द्राको गल्लीमा कारमा सवार दुई कलाकारमाथि मुद्दा दर्ता भएको भन्दै टाइगरको नाम उल्लेख नगरी उनको फिल्मको नाम लेखेर मुद्दा दायर भएको जानकारी दिएको हो ।

प्रहरीको अनुसार कारको पहिलो सिटमा दिशा बसेकी थिइन् भने दोस्रो सिटमा टाइगर बसेका थिए । प्रहरीले उनीहरुको आइडी कार्ड चेक गरेर अगाडी बढ्न दिएपनि यात्रा गर्नुको कारण स्पष्ट नभएपछि कारबाही अगाडी बढाएको जनाएको छ ।

लकडाउनमा बाहिर निस्कनुको सही कारण उनीहरुले दिन सकेनन् । यद्यपी, त्यतिबेला प्रहरीले डकुमेन्ट चेक गरेर उनीहरुलाई छाडिदिएको थियो । प्रहरीले सबै घटनाको जाँच गरेपछि अहिले एफआईआर दर्ता गरेको छ ।

मुम्बई पुलिसका अनुसार दुबैविरुद्ध धारा १८८ अन्तर्गत केस दर्ता गरिएको छ । अहिले यो घटनामा कसैलाई गिरफ्तार गरिएको छैन किनकी यो अपराधमा जमानत मिल्छ । महाराष्ट्रमा १५ जूनसम्म कोरोना कफ्र्यु छ र बिहान ७ देखि २ बजेसम्ममात्रै बाहिर निस्कने छुट छ ।

प्रकाशित मिति: Jun 4, 2021

प्रतिक्रिया दिनुहोस्