Logo
५ जेष्ठ २०८१, शनिबार
(June 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खनाल-नेपाल समूहको केन्द्रीय कमिटीको बैठक जारी

नेकपा एमालेबाट निस्कासित नेता खनाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठक जारी रहेको छ ।कोरोना महामारीका कारण बैठक अहिले भर्चुअलरुपमा बसिरहेको एक नेताले जानकारी दिए ।

एमालेले आज विज्ञप्ति जारी गर्दै कानुन र विधानविपरीतका बैठकमा सहभागी नहुन निर्देशन दिएको थियो ।आजै बालुवाटारमा एमालेको स्थायी कमिटी बैठक बोलाइएको छ ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजेका लागि बैठक डाकेका हुन् ।उक्त बैठक हिजो बस्ने तय भए पनि एकताको प्रयासका लागि नेताहरुबीच छलफल गर्नका लागि बैठक सारिएको ओलीपक्षीय नेताहरु बताउँछन् ।

प्रकाशित मिति: Jun 3, 2021

प्रतिक्रिया दिनुहोस्