Logo
५ जेष्ठ २०८१, शनिबार
(June 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माधव नेपाल पक्षले बोलायो केन्द्रिय कमिटीको बैठक, नयाँ पार्टी घोषणा गर्न सक्ने

नेकपा एमाले पार्टीबाट निष्कासित माधव नेपाल समूहले केन्द्रीय कमिटीको बैठक आज बोलाएको छ । बैठक आज दिउँसो १ बजे भर्चुअल रुपमा बस्नेछ ।

देश र पार्टीको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको नेपाल पक्ष स्रोतले जनाएको छ ।केही नेता पार्टीलाई जेठ २ मा फर्काउन संस्थापन पक्षसंग वार्तामा रहेको भनिएका बेला नेपाल पक्ष भित्रै दुई धार देखिन थालेको छ ।

हिजो भएको नेपाल पक्षका जनवर्गिय संगठनका अधिकांश नेतृत्वले अलग पार्टी खोल्न दवाव दिएका थिए ।आज बोलाईएको केन्द्रीय कमिटीबाट यसबारे औपचारिक निर्णय लिने बुझिएको छ ।

प्रकाशित मिति: Jun 3, 2021

प्रतिक्रिया दिनुहोस्