Logo
७ जेष्ठ २०८१, सोमबार
(June 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हृदयेश समूह जसपामा प्रवेश गर्दै ठाकुरको नेतृत्वमा नयाँ पार्टी दर्ता गर्ने तयारी

जनता समाजवादी पार्टी (जसपा) मा कारवाही प्रक्ररण जारी रहँदा महन्थ-राजेन्द्र समूह र हाल संघीय सरकारमा स्वास्थ्य तथा जनसंख्यामन्त्री रहेका हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूहबीच एकीकरण हुने भएको छ ।

ठाकुरलाई अध्यक्ष मानेर महतो र त्रिपाठीलाई बरिष्ठ नेता जिम्मेवारी सहित नयाँ राजनीति पार्टी दर्ता गर्ने तयारी भइरहेको एक नेताले बताए ।

उपेन्द्र यादवको समुहलाई अलग्याउदै यी दुवै समूह मिलेर नयाँ दल दर्ता गर्न लागेका हुन् । विवादका कारण जसपाका अर्का अध्यक्ष यादव र संघीय परिषद् अध्यक्ष पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई समूहले अध्यक्ष ठाकुरसहित नेताहरू राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई साधारणसदस्यसमेत नरहनेगरी पार्टीबाट कारबाही गरेको छ ।

त्यसैगरी  ठाकुर-महतोपक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई कारवाही गर्दै पार्टीबाट निष्कासन गरेको छ। बबरमहलस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट अध्यक्ष यादवलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो।

यादवलाई कारवाही गरिएको निर्णय आजै निर्वाचन आयोगमा बुझाउनेछ।

प्रकाशित मिति: Jun 1, 2021

प्रतिक्रिया दिनुहोस्