Logo
५ जेष्ठ २०८१, शनिबार
(June 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ठाकुरद्वारा अब उपेन्द्र यादवमाथि कारवाही, पार्टीबाट निष्कासन, आयोगमा समेत पत्रचार

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरपक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई कारवाही गर्दै पार्टीबाट निष्कासन गरेको छ।

बबरमहलस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट अध्यक्ष यादवलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो।

यादवलाई कारवाही गरिएको निर्णय आजै निर्वाचन आयोगमा समेत पत्रचार गरिएको छ । यसअघि यादवपक्षले महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई कारबाही गरी निर्वाचन आयोगमा पत्राचार गरिसकेको छ।

प्रकाशित मिति: Jun 1, 2021

प्रतिक्रिया दिनुहोस्