Logo
१३ बैशाख २०८१, बिहीबार
(June 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘ये रिश्ता क्या कहलाता है’बाट चर्चित अभिनेता करण मेहरा पक्राउ

भारतीय टिभी सिरियलका अभिनेता करण मेहरालाई प्रहरीले पक्राउ गरेको छ ।

‘ये रिश्ता क्या कहलाता है’ मा नैतिक सिंघानियाको भूमिका निभाएर चर्चित भएका अभिनेता करण मेहरालाई प्रहरीले सोमबार राती पक्राउ गरेको हो ।समाचार एजेन्सी एएनआईले ट्वीट गरेर यसको जानकारी दिएको हो ।

करणकी श्रीमती तथा नायिका निशा रावलले विवादपछि गोरेगांव एरियामा करणविरुद्ध ऊजुरी दर्ता गरेकी छिन् । मुम्बई प्रहरीका अनुसार मुद्दा दर्ता भएको छ ।

करणले ‘ये रिश्ता क्या कहलाता है’ मा सात वर्षसम्म मुख्य भूमिकामा देखिएका थिए । उनले नैतिक सिंघानियाको भूमिका निभाएका थिए । शोमा हिना खान अपोजिट रोलमा थिए ।

करण मेहरा शोबाट निकै हिट भएका थिए । हाल यो शोमा मोहसिन खान र शिवांगी जोशी मुख्य भूमिका निभाइरहेका छन् । करणले बिग बस १० मा पनि भाग लिएका थिए ।

केही दिन अघि निशा र करणको वैवाहिक जीवनमा खटपट भएको भन्ने खबर आएको थियो । यद्यपि, निशा रावलले यस्तो खबरलाई ठाडै अस्वीकार गरेकी थिइन् । निशाले यसमा केही पनि वास्तविकता नभएको बताएकी थिइन् ।

निशा सोसल मिडियामा धेरैजसो छोरासँग भिडियो र फोटो सेयर गरिरहन्छिन् । करण र निशाको जोडीलाई प्रशंसकले निकै मन पराउँछन् । निशा र करण सन् २०१२ मा विवाह बन्धनमा बाँधिएका थिए । उनीहरुका एक छोरा पनि छन् ।

प्रकाशित मिति: Jun 1, 2021

प्रतिक्रिया दिनुहोस्