Logo
१५ चैत्र २०८०, बिहीबार
(May 31, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लुम्बिनी प्रदेशबाट राष्ट्रियसभामा विपक्षी गठबन्धनका दीर्घनारायण पाण्डे विजयी

लुम्बिनी प्रदेशबाट राष्ट्रियसभामा विपक्षी गठबन्धनका उम्मेदवार दीर्घनारायण पाण्डे विजयी भएका छन् ।

लुम्बिनी प्रदेशसभा अन्तर्गत रिक्त राष्ट्रियसभा उपनिर्वाचनमा विपक्षी गठबन्धनतर्फका उम्मेदवार दीर्घनारायण पाण्डे विजयी भएका हुन् ।

पाण्डे ४ हजार १ सय ४० मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्दी नेकपा एमालेका चन्द्रबहादुर खड्काले ३ हजार ६ सय १२ मत प्राप्त गरे ।

कांग्रेसका नेता पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपा उपेन्द्र पक्ष, राष्ट्रिय जनमोर्चाको समर्थन थियो । कुल ३ सयमध्ये २ सय ९७ जनाले मतदान गरेका थिए ।

स्थानीय तहका प्रमुख र उपप्रमुख २ सय १४ जना र प्रदेशसभाका ८३ जना गरी २ सय ९७ जनाले मतदान गरेका थिए ।

प्रकाशित मिति: May 31, 2021

प्रतिक्रिया दिनुहोस्