Logo
१३ बैशाख २०८१, बिहीबार
(May 31, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकी अभिनेता जो लाराको विमान दुर्घटनामा निधन

अमेरिकी चर्चित अभिनेता जो लाराको विमान दुर्घटनामा  निधन भएको छ । टिभी श्रृखंला ‘टार्जन इन म्यानहेट्टन’मा टार्जनको भू​मिकाबाट चर्चित अभिनेता जो लाराको निधन भएको हो ।

५८ वर्षीय लाराको शनिबार विमान दुर्घटनामा निधन भएको हो । उनी चढेको सानो बिमान अमेरिकाको टेनेसीमा रहेको तालमा दुर्घटना भएको थियो ।

दुर्घटनामा उनकी श्रीमती ग्वेन श्याम्बलिन लारा सहित अन्य ५ जनाको निधन भएको होलारा श्रीमती र अन्य ५ मानिससँग सानो विमानमा यात्रा गरिरहेका थिए ।

सोही विमान दुर्घटना भएको रेस्क्यु टिमले जनाएको छ । टिमले ७ मानिसको अवशेष समेत फेला पारेको छ । लाराले १९८९ मा टेलिश्रृखंला ‘टार्जन इन म्यानहेट्टन’ मा टार्जनको भूमिका निर्वाह गरेका थिए ।

त्यसपछि उनले टिभी सिरिज ‘टाजर्न : द इपिक भेडवेन्चर्स’ मा पनि काम गरेका थिए । यो सिरिज १९९६ देखि १९९७ सम्म चलेको थियो । यो अभिनयबाट लाराले तारिफ समेत पाएका थिए ।

लाराले २००२ मा संगीतमा करियर बनाउन अभिनयबाट बिदा लिएका थिए । त्यतिबेला उनी अभिनय करियरमा चर्चामै थिए ।

प्रकाशित मिति: May 31, 2021

प्रतिक्रिया दिनुहोस्