Logo
५ जेष्ठ २०८१, शनिबार
(May 31, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जसपाका नेता महन्थ ठाकुर र राजेन्द्र महतो भेट्न पुगे प्रधानमन्त्रीलाई बालुवाटार

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो बालुवाटार पुगेका छन् ।
उक्त भेटमा सरकारमा सहभागीताको विषयमा छलफल भएको स्रोतले जनाएको छ ।

ठाकुर र महतो ओली नेतृत्वको सरकारमा सहभागी हुने तयारीमा छन् । सोमबारको भेटमा मन्त्रालय बाँडफाँटमा केन्द्रित हुने स्रोतले जनाएको छ ।

यसैबीच जसपाका अर्का अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टी विभाजनको संकेत गर्दै आ-आफ्नो बाटो लाग्न आग्रह गरेका छन् ।

भट्टराईले ट्वीटरमा लेखेका छन् ‘भेंडा भेंडासँग र बाख्रा बाख्रासँग हुन दिऊँ । हात मिलाएर आ-आफ्नो बाटो लागौं । हिंडिरहे फेरि भेट हुनेछ’ ।

 

प्रकाशित मिति: May 31, 2021

प्रतिक्रिया दिनुहोस्