Logo
५ जेष्ठ २०८१, शनिबार
(May 31, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यसकारण एमाले स्थायी कमिटी बैठक आज पनि स्थगित

सत्तारुढ नेकपा एमालेको आज बिहान १० बजे बोलाइएको स्थायी कमिटी बैठक भोलि सम्मका लागि स्थगित गरिएको छ ।

लुम्बिनी प्रदेशमामा आज हुन लागेको राष्ट्रियसभा उपनिर्वाचन र अन्य तयारीका लागि बैठक स्थगित गरिएको बताइएको छ ।

अर्को बैठक भोलि मङ्गलवार बिहान ११ बजेका लागि तय भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलवार बस्ने बैठकले लुम्बिनीमा आज हुने राष्ट्रियसभा उपनिर्वाचनसहित पछिल्लो राजनीतिक स्थिति तथा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका एमालेका १२ जना नेतालाई सोधिएको स्पष्टीकरणबारे निर्णय वा कारबाही गर्ने भन्ने बारेमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति: May 31, 2021

प्रतिक्रिया दिनुहोस्