Logo
७ जेष्ठ २०८१, सोमबार
(May 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओलीले बोलाए एमाले स्थायी समिति बैठक, यी १२ नेतालाई कारवाही गर्ने

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले स्थायी समिति बैठक बोलाएका छन् ।

ओलीले आइतबार साँझ ५ बजे बस्नेगरी स्थायी समिति बैठक बोलाएको एमालेका नेता सुवास नेम्वाङले जानकारी दिए । उनका अनुसार पार्टीका आन्तरिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

स्रोतका अनुसार यसअघिको बैठकले माधव नेपाल पक्षका १२ नेतालाई सोधेको स्पष्टीकरणबारे बैठकमा छलफल हुनेछ । विपक्षी गठबन्धनका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि प्रस्ताव गर्दै हस्ताक्षर गर्ने नेपाल पक्षका १२ जना नेतालाई सोधिएको स्पष्टीकरणको जवाफ नेताहरुले पठाएका थिएनन् ।

स्पष्टिकरण नपठाउने नेताहरुलाई कारवाही गर्ने तयारी ओली पक्षको रहेको छ । बैठकले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालनिकट १२ नेतालाई पार्टीबाट निष्काशन गर्ने भएको छ । आज डाकिएको स्थायी कमिटी बैठकले विघटित प्रतिनिधि सभाका १२ सांसदमाथि निष्काशन गर्ने भएको हो ।

कारबाहीको सूचीमा रहेका नेताहरु

१. घनश्याम भुसाल
२.सुरेन्द्र पाण्डे
३. भवानी खापुङ
४. यज्ञराज सुनुवार
५.विरोध खतिवडा
६. जीवनराम श्रेष्ठ
७. कृष्णलाल महर्जन
८. सोमप्रसाद पाण्डे
९. मेटमणि चौधरी
१०. झपट रावल
११. दिपकप्रकाश भट्ट
१२. नारायण खतिवडा

 

प्रकाशित मिति: May 30, 2021

प्रतिक्रिया दिनुहोस्