Logo
५ जेष्ठ २०८१, शनिबार
(May 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सकियो विपक्षी गठबन्धनको बैठक : असंवैधानिक रुपमा बजेट ल्याएको भन्दै आपत्ति

विपक्षी गठबन्धनको बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारले संविधान विपरित बजेट ल्याएकोमा आपत्ति जनाएको छ ।

बैठकपछि जारी गठबन्धनको प्रेस विज्ञप्तिमा देश र जनताका लागि दीर्घकालीन रुपमा असर पार्ने खालका कार्यक्रम ल्याएकोमा समेत आपत्ति जनाइएको छ ।

संघीय संसदमा पेश हुनुपर्ने बजेट अध्यादेशमार्फत ल्याएर संविधानको उल्लंघन गरेको भन्दै विपक्षी गठबन्धनको बैठकले संविधान विपरितका काम नगर्न चेतावनी दिएको छ ।

प्रतिनिधिसभाको पुनस्थापना र प्रतिनिधिसभाका १४९ सदस्यको हस्ताक्षरमा विकल्प प्रधानमन्त्री समेत आफूहरुले प्रस्तुत गरिसकेको अवस्थामा दीर्घकालका लागि प्रभाव पार्ने बजेट ल्याएकोमा विपक्षी गठबन्धनले चेतावनी दिएका हुन् ।

प्रकाशित मिति: May 30, 2021

प्रतिक्रिया दिनुहोस्