Logo
५ जेष्ठ २०८१, शनिबार
(May 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बजेटले सरकारको लोकप्रियता बढायो भन्दै देउवा निवासमा विपक्षी गठबन्धनको बैठक

अध्यादेश मार्फत ल्याएको बजेटले हिजो सार्वजनिक गरेपछि सरकारको लोकप्रियता बढेको भन्दै विपक्षी गठबन्धनका शीर्ष नेताहरुबीच सरकारविरुद्ध रणनीति बनाउन बैठक बसेका छन् ।

कांग्रेस सभापति शेरवहादुर देउवाको निवास बुढानिलकण्ठमा जारी बैठकमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा चलिरहेको मुद्दाका साथै सरकारका विरुद्ध राजनीतिक प्रतिवाद कसरी गर्ने भन्ने बारे छलफल भइरहेको छ ।

विहान सवा ९ देखि शुरु भएको छलफलमा कांग्रेसबाट देउवाका साथै रामचन्द्र पौडेल, ज्ञानेन्द्रवहादुर कार्की लगायतका नेता सहभागी छन् ।

त्यस्तै एमालेबाट निष्कासित नेताहरु माधवकुमार नेपाल र भीम रावल तथा माओवादी अध्यक्ष प्रचण्ड, कृष्णवहादुर महरा, देव गुरुङसहितका नेता छन् । जसपाका अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई पनि छलफलमा सहभागी रहेको बताइएको छ ।

प्रकाशित मिति: May 30, 2021

प्रतिक्रिया दिनुहोस्