Logo
४ आश्विन २०८१, शुक्रबार
(May 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसले सार्वजनिक गर्‍यो थप १६ जिल्लाका क्रियाशील र नवीकरण गरिएका सदस्यको नामावली

नेपाली कांग्रेसले थप १६ जिल्लाका २१ स्थानको क्रियाशील र नवीकरण गरिएका सदस्यको नामावली सार्वजनिक गरेको छ । कांग्रेसले वेवसाइट मार्फत् सदस्यहरुको विवरण सार्वजनिक गरेको हो ।

केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिका सचिव केशव रिजालका अनुसार पार्टीको वेवसाइट मार्फत www.nepalicongress.org  क्रियाशीलको विवरण सार्वजनिक भएको हो ।

यसअघि कांग्रेसले ४५ जिल्लाका ८० स्थानबाट अपलोड भएका क्रियाशील सदस्यताको विवरण वेवसाइटबाट सार्वजनिक गरिएको थियो ।

सबै जिल्लामा क्रियाशील सदस्यता वितरण नसकिँदा पार्टीका तल्ला तहमा आउनै लागेको अधिवेशन प्रभावित हुने देखिएको छ ।

प्रकाशित मिति: May 30, 2021

प्रतिक्रिया दिनुहोस्