Logo
४ जेष्ठ २०८१, शुक्रबार
(May 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जेठ १८ गतेदेखि चीन, कतार र टर्कीको उडान खुला गर्ने मन्त्रिपरिषद्को निर्णय

जेठ १८ गतेदेखि नेपालसँग नियमित उडान भइरहेका चीन, कतार र टर्कीका लागि नियमित उडान खोल्ने सरकारले निर्णय गरेको छ ।

हिजो (बिहीबार) को मन्त्रिपरिषद बैठकले जुन १ अर्थात् जेठ १८ गतेदेखि कतारको राजधानी दोहा, टर्कीको इस्तानबुल र चीनका कुनै पनि स्थानमा दोहोरो अन्तर्राष्ट्रिय उडान खुला गरेको स्रोतले जानकारी दिएको छ ।

चार्टर उडानमा वायुसेवा र एजेन्टको मिलेमतोमा यात्रुलाई ठगिने क्रम नरोकिएपछि तीनै देशमा सातामा एउटा उडानका लागि खुला गरिएको स्रोतको भनाइ रहेको छ । ।

वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाएको सरकारले वैशाख २० गते आन्तरिक र २३ गतेदेखि भारतबाहेक अन्य मुलुकका लागि हुने अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो ।

प्रकाशित मिति: May 28, 2021

प्रतिक्रिया दिनुहोस्