Logo
६ जेष्ठ २०८१, आईतबार
(May 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश सरकारद्वारा पिसिआर प्रयोगशालालाई ५० लाख सहयोग

गण्डकी प्रदेश अन्तर्गत रहेको तनहुँ जिल्लाको सदरमुकाम दमौलीस्थित व्यास नगरपालिकाले स्थापना गर्न लागेको पिसिआर प्रयोगशालाका लागि गण्डकी प्रदेश सरकारले ५० लाख सहयोग गरेको छ ।

पिसिआर रिपोर्ट आउन ढिलाई भएपछि नगरपालिकाले व्यास–१० दुम्सीमा स्थापना गर्न लागेको प्रयोगशालाका लागि प्रदेश सरकारले ५० लाख सहयोग गर्ने निर्णय गरेको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले प्रदेश सरकारबाट नगरपालिकाको अभियानमा सहयोग भएको जानकारी दिए । यसअघि सङ्घीय सरकारको तर्फबाट पनि पिसिआर प्रयोगशालाका लागि रु २५ लाख बजेट विनियोजन भइसकेको छ ।

प्रयोगशालाका लागि नगरपालिकाका जनप्रतिनिधिले पनि एक महिना बापतको पारिश्रमिक उपलब्ध गराउने निर्णय गरिसकेका छन् ।

प्रकाशित मिति: May 26, 2021

प्रतिक्रिया दिनुहोस्