Logo
१३ बैशाख २०८१, बिहीबार
(May 25, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वागमती प्रदेशका ७ अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि टेण्डर आह्वान

सामाजिक विकास मन्त्रालयले वागमती प्रदेश अन्तर्गतका सात वटा अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि टेण्डर आह्वान गरेको छ ।

सामाजिक विकास मन्त्रालयले एक साताको समय दिएर टेण्डर आह्वान गरेकाले तत्कालै ती अस्पतालमा अक्सिजन प्लान्ट निर्माण हुने उद्योग पर्यटन वन तथा वातावरण मन्त्री सरेश नेपालले बताएका छन् ।

एक साताभित्र टेण्डर खोलेर तत्कालै अक्सिजन प्लान्ट निर्माणको काम शुरु हुने प्रदेश सरकारले जनाएको छ ।वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले रामेछाप जिल्ला अस्पताल, धादिङ जिल्ला अस्पताल, काठमाडौंको टोखा अस्पताल, ललितपुर जिल्ला अस्पताल, चितवनको रत्ननगर अस्पताल, काभ्रे जिल्ला अस्पताल र सिन्धुपाल्चोक जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट निर्माण हुन लागेको बताएका छन् ।

एक महिना भित्र बागमती प्रदेशका सबै सरकारी अस्पतालहरुमा अक्सिजन प्लान्ट जडान हुने सुनिस्चित भएको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, हेटौंडाले जनाएको छ ।

प्रकाशित मिति: May 25, 2021

प्रतिक्रिया दिनुहोस्