Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकार, तिमी किन चाहियो ??

न मरिजान दिन्छौ
न गरिखान दिन्छौ,
उल्टो, जरिवाना लिन्छौ
सरकार, तिमी किन चाहियो ??

न शास फेर्न दिन्छौ
न लाश हेर्न दिन्छौ,
हाम्लाई, दाश भनि चिन्छौ
सरकार, तिमी किन चाहियो ??

म कर तिर्छु, तिमी कार किन्छौ
म घर किन्छु, तिमी महल लिन्छौ |
म भर पर्छु, तिमी किन चिन्थ्यौ
सरकार, तिमी किन चाहियो ??

उपचार छैन, कमिशन लिन्छौ
दिनभरी बसी, लाश मात्र गिन्छौ |
आलो घाउमा, नुन लगाई दिन्छौ
सरकार, तिमी किन चाहियो ??

सरकार, तिमी किन चाहियो ??

सागर

प्रकाशित मिति: May 22, 2021

प्रतिक्रिया दिनुहोस्