Logo
३ जेष्ठ २०८१, बिहीबार
(May 17, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बालिकालाई बलात्कार गरेको अभियोगमा सुनसरीका एक पालिका अध्यक्ष जेल चलान

प्रदेश १ स्थित सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष महेन्द्रप्रसाद यादवलाई पुर्पक्षकालागि जेल चलान गरिएको छ ।

सोही जिल्लाका १७ वर्षीया एक किशोरीलाई बलात्कार गरेको आरोपमा वैशाख ८ गते अध्यक्ष यादवलाई पक्राउ गरिएको थियो ।

जिल्ला अदालत सुनसरीले यादवलाई तत्काल प्राप्त प्रमाणका अधारमा पूर्पक्षको लागि थुनामा राख्ने आदेश सुनाएको श्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले बताए ।

श्रेष्तेदार पोखरेलले जिल्ला न्यायाधीश टिकेन्द्र दाहालको इजलासले यादवलाई पूर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको हो ।

आइतबार मुद्दा दर्ता भएपछि अदालतमा यादवको आज बयान लिइएको थियो । त्यसपछि सुरु थुनछेक बहस पश्चात अदालतले पूर्पक्षका लागि झुम्का कारागार पठाउने आदेश सुनाएको पोखरेलले बताए ।

यादव बैशाख ८ गते धरान-भेडेटार सडक लाइनको डुकु होटल एण्ड लजबाट किशोरी करणीमा संलग्न अवस्थामा रंगेहात पक्राउ परेका थिए ।

पीडित पक्षको जोहेरीका आधारमा इलाका प्रहरी कार्यालय धरानले जबरजस्ती करणीको मुद्दा चलाएका थिए ।

प्रकाशित मिति: May 17, 2021

प्रतिक्रिया दिनुहोस्