Logo
१५ चैत्र २०८०, बिहीबार
(May 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यामाहाले आगामी मे १८ मा नयाँ बाइक आर ७ को ग्लोबल डेब्यु गर्दै

यामाहाले आगामी मे १८ मा नयाँ बाइक आर ७ को ग्लोबल डेब्यु गर्ने भएको छ । केही दिन पहिले यसको टिजर भिडियो सार्वजनिक भएको थियो । तर फेरि हालै यसको अन्य विभिन्न फिचर समेत सार्वजनिक भएको छ ।

यामाहा आर७ ले हाल बजारमा उपलब्ध आर६ लाई प्रतिस्थापन गर्ने बताइएको छ । आर७ को फ्रन्टमा ट्विन एलईडी डीआरएलका साथै एयर स्कुपका साथ प्राइमेरी हेडल्याम्प हुनेछ ।

त्यसैगरी यसको विन्डस्क्रिन आर६ भन्दा केही ठूलो देखिन्छ भने यसमा फेयरिङ पनि देख्न सकिन्छ ।आर७ को इन्जिन स्पेसिफिकेसनको वारेमा धेरै जानकारी सार्वजनिक भएको छैन ।

तर पनि यसमा यामाहाको प्रचलित बाइक एमटी-०७ को इन्जिन प्रयोग हुने अनुमान गरिएको छ । यसले ७३ एचपी पावर र ६७ एनएम टर्क जेनेरेट गर्नेछ । यद्यपि बेटर पर्फमेन्सका लागि यसमा थप केही फिचर उपलब्ध हुने आशा गरिएको छ ।

नेपाली बजारमा आर६ ग्राहकको माग अनुसार उपलब्ध गराइएको थियो । आगामी दिनमा आर७ पनि उपलब्ध हुने अनुमान गर्न सकिन्छ । मिडिलवेट फुल्ली फेयर्ड सुपरस्पोर्ट बाइक चाहने युवाहरुको माग अनुसार आगामी दिनमा यो बाइक पनि नेपाली बजारमा आउने अनुमान गर्न सकिन्छ ।

यो बाइकको वारेमा थप जानकारी पाउनका लागि भने मे १८ नै कुर्नु पर्ने हुन्छ, जुन धेरै दिन टाढा छैन । नेपालअटो

प्रकाशित मिति: May 16, 2021

प्रतिक्रिया दिनुहोस्