Logo
२५ असार २०८२, बुधबार
(May 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पत्रकार शान्तिराम कार्कीको कोरोना संक्रमणबाट निधन

नेपाल पत्रकार महासंघ च्यानल नेपाल शाखाका अध्यक्ष शान्तिराम कार्कीको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।

कोरोना संक्रमित भइ कार्कीले दुई सातादेखि काठमाडौंको स्वयम्भुस्थित मनमोहन मेमेरियल अस्पतालमा उपचार गराइरहेका थिए । कार्कीको हिजो शनिबार राति उपचारको क्रममा निधन भएको हो ।

२०४४ साल मंसिरमा झापाको डोरामारीमा जन्मेका कार्की जनता टाइम्स डट कमको सम्पादक रहेका थिए । प्रेस चौतारी नेपालका केन्द्रीय कमिटी सदस्य कार्की सौर्य दैनिकमासमेत आबद्ध रहेका थिए ।

प्रकाशित मिति: May 16, 2021

प्रतिक्रिया दिनुहोस्