Logo
१२ बैशाख २०८१, बुधबार
(May 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना नियन्त्रण गर्न देशका ७३ जिल्लामा निषेधाज्ञा जारी

अहिले देशभर कोरोना महामारीको दास्रो लहर फैलिरहेको अवस्थामा देशका ७३ जिल्लामा निषेधाज्ञा जारी भएको छ ।

खोटाङ, तेह्रथुम, पूर्वी रुकुम र मनाङबाहेक सबै जिल्लामा निषेधाज्ञा जारी भएको गृह मन्त्रालयले जनाएको छ । यसअघि जारी गरिएका निषेधाज्ञा लम्बिदै गएका छन् भने थप कडाई पनि गरिएको छ ।

सल्यान, गोरखा, बाजुरा, मकवानपुर, धनुषा, काभ्रे, झापालगायत जिल्लामा फेरि निषेधाज्ञाको समय थप गरिएको हो । ल्यान र गोरखामा जेठ १५ गतेसम्म निषेधाज्ञा लम्ब्याईएको सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले जनाएका छन् ।

यस्तै बाजुरामा जारी निषेधाज्ञालाई जेठ ७ गते राति १२ बजेसम्म पुर्‍याईएको छ ।मकवानपुरमा पनि निषेधाज्ञा थप गर्दै जेठ १३ गतेसम्म पु¥याइएको छ ।

साथै प्रदेश नम्बर २ को धनुषामा १० दिन निषेधाज्ञा थप गरिएको छ ।वैशाख ३१ गते राति १२ बजेदेखि जेठ १० गते राति १२ बजेसम्मको लागि जिल्ला प्रशासन कार्यालय धनुषाले निषेधाज्ञा थप गरेको हो ।

उता, झापामा पनि निषेधाज्ञा थपेर जेठ ७ गतेसम्म पुर्‍याईएको छ ।

प्रकाशित मिति: May 14, 2021

प्रतिक्रिया दिनुहोस्