Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुव्वा गुरुङ पुन: नियुक्त

गण्डकी प्रदेशमा पृथ्वीसुव्वा गुरुङ पुनः मुख्यमन्त्री भएका छन् ।

मुख्यमन्त्रीमा काँग्रेस नेतृत्वको चारदलीय गठबन्धनले बहुमतको दावीसहित पत्र बुझाए पनि प्रदेश प्रमुख सीताकुमारी पौडेलले प्रदेशसभामा ठूलो दलको हैसियतमा एमालेका संसदीय दलका नेता गुरुङलाई सरकार गठन गर्न आह्वान गरेपछि एमाले संसदीय दलका नेता गुरुङ पुनस् मुख्यमन्त्री नियुक्त भएका हुन् ।

गुरुङले आज नै सपथ लिने तयारी गरिएको छ । उनी अहिले प्रदेश प्रमुखको निवास पुगिसकेका छन् । प्रदेश प्रमुख कार्यालयले ३१ जनाको हस्ताक्षर नपुगेको र चारै दलको आधिकारीक पत्र पनि नआएको भन्दै गुरुङलाई नै मुख्यमन्त्रीमा नियुक्त गरिएको हो ।

प्रकाशित मिति: May 12, 2021

प्रतिक्रिया दिनुहोस्