Logo
५ जेष्ठ २०८१, शनिबार
(May 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महन्थले ओलीलाई भने : ‘हाम्रा मागहरू पूरा भइनसकेकोले तपाईलाई विश्वासको मत दिन सक्दैनौं’

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर जसपा नेपालले विश्वासको मत दिन नसक्ने  स्पष्ट पारेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेपछि वरिष्ठ नेता राजेन्द्र महतोसहित बालुवाटार पुगेका ठाकुरले जसपाका मागहरू पूरा भइनसकेकोले विश्वासको मत दिन नसक्ने बताएका हुन् ।

भेटमा प्रधानमन्त्री ओलीले जसपाको माग पूरा गर्ने क्रम शुरू भइसकेको र अन्य माग पूरा गर्न पनि सरकार सकारात्मक रहेको बताएका थिए ।

प्रधानमन्त्री ओलीले आफूलाई विश्वासको मत नदिए पनि विपक्षी गठबन्धनमा सहभागी नहुन आग्रह समेत गरेका छन् । ‘हाम्रा मागहरू अझै पूरा भएका छैनन् । माग पूरा नभएको अवस्थामा हामीले तपाईलाई विश्वासको मत दिन सक्दैनौं’, ठाकुरलाई उद्धृत गर्दै स्रोतले भन्यो ।

 

प्रकाशित मिति: May 9, 2021

प्रतिक्रिया दिनुहोस्