Logo
४ असार २०८१, सोमबार
(May 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीसँग कुरा नमिलेपछि खनाल-नेपाल पक्षका सबै सांसदले सामूहिक राजीनामा दिँदै

नेकपा एमालेका खनाल-नेपाल समूहका सांसदले सामूहिक राजीनामा दिने निष्कर्षमा पुगेको छ ।

समूहका स्थायी कमिटी सदस्यहरूको शनिवार बसेको बैठकले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा नमिलेपछि सामूहिक राजीनामाको निष्कर्ष निकाल्दै २४ अल्टिमेटम दिएका छन् ।

२०७५ जेठ २ गतेमै पार्टीलाई फर्काउने आफूहरूको प्रस्तावमा ओली उदासीन भएको बताउँदै आएको नेपाल समूहका सांसदहरूले आइतबार साँझ या सोमबार बिहानसम्म सामूहिक राजीनामा आउने बताएका छन् ।

नेपाल पक्षका सबै सांसदले संविधानको धारा ८९ (क) अनुसार राजीनामा बुझाउने तयारी गरेका हुन् । हाल खनाल–नेपाल पक्षले आफ्नो समूहमा ३५ सांसद रहेको बताइरहेको छ भने ओलीले खनाल–नेपाल पक्षका ३० सांसदलाई स्पष्टीकरण सोधेका छन् ।

यसअघि पार्टीलाई एक ढिक्का राख्ने उपाय खोज्न राष्ट्रपतिदेखि एमालेका दोस्रो तहका नेताहरूसम्म सक्रिय रहे पनि त्यसले सकारात्मक परिणाम निकाल्न सकेन ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका निम्ति २७ वैशाखमा संसद्को विशेष अधिवेशन बोलाइएको छ । तर अहिलेकै अवस्थामा प्रधानमन्त्री ओलीलाई माधव नेपाल समूहका सांसदहरूले विश्वासको मत नदिने भएका छन् ।

खनाल–नेपाल पक्षका सांसदको राजीनामापछि जनता समाजवादी पार्टीको सिङ्गै टिम ओलीतिर लागे पनि विश्वासको मत पुग्ने छैन । यससँगै काँग्रेसलाई गठबन्धन सरकार बनाउन थप सहज त हुनेछ नै विभाजनतिर गइरहेको एमाले फुट्नका लागि थप आधार बन्नेछ । शनिवार नै बसेको काँग्रेस संसदीय दलको बैठकमा सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा सरकार बनाउने बताइसकेका छन् ।

प्रकाशित मिति: May 9, 2021

प्रतिक्रिया दिनुहोस्