Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दोलखा भीमेश्वर मन्दिरको शिलामा पसिना, अनिष्ट हुने जनविश्वास

बाग्मती प्रदेश स्थित दोलखाको भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’ आएको छ । शनिवार दिउँसो १२: १५ बजेदेखि १ : ३० सम्म शिलामा ‘पसिना’ आएको मन्दिर व्यवस्थापन समितिका एक अधिकारीले जानकारी दिएका छन् ।

मन्दिरमा पसिना आएको भन्दै मन्दिर व्यवस्थापनले स्थानीय प्रशासनलाई जानकारी गराएपछि सिडिओसहित जिल्ला सुरक्षा समितिका सबै अधिकारी मन्दिरमा पुगेका छन् ।

प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेका अनुसार मन्दिरमा अहिले क्षमा पूजा गरिएको छ ।शिलामा पसिना आएसँगै प्रचलित परम्पराअनुसार मन्दिरका पुजारी तथा गुठियारहरूले पूजा पाठ गर्ने प्रचलन रहेको छ ।

शिलाबाट पसिना आउँदा अनिष्ट हुने जनविश्वास रहिआएको छ ।

 

प्रकाशित मिति: May 8, 2021

प्रतिक्रिया दिनुहोस्